साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता
साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता
Manjeel Subedi,K. A. Thapa
Abstract
यस अध्ययनमा राष्ट्रिय सांस्कृतिक मूल्य र मान्यताहरूलाई मानव स्रोतको दिगो उपयोग र प्रवद्र्धन गर्न सिगालोवाद सुत्तको सान्दर्भिकतालाई आधार मानिएको छ । अध्ययनले सिगालोवाद सुत्तमा रहेका मानव स्रोत सम्वन्धि विषयको विश्लेषण गरेकोछ, जसले नैतिक सिद्धान्त र यसका राष्ट्रिय जिम्मेवारीमा लागू हुने शिक्षाहरूलाई समेटेको छ । उपर्युक्त बौद्ध शिक्षाहरूलाई राष्ट्रिय साँस्कृतिक अभ्यासहरूसँग समन्वय गर्दा दिगो मानव स्रोत व्यवस्थापनलाई प्रभावकारी रूपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरामा अनुसन्धाताहरूको दावी रहेको छ । राष्ट्रका सांस्कृतिक अभ्यासहरूले प्रकृतिको सम्मान र संरक्षणमा जोड दिइरहँदा सिगालोवाद सुत्तले प्रदान गरेको खाकासँग समन्वय गर्न सकिने अनुसन्धानकर्ताहरूको अनुमान रहेको छ । यस्तो प्रयासले मानव स्रोतका साथै अरुपनि आवश्यक स्रोतहरूको दिगोपन सुनिश्चित हुनसक्छ । अध्ययनको निष्कर्षमा नेपालको सांस्कृतिक मूल्य–मान्यताहरूका सन्दर्भमा बौद्ध नैतिकता सम्बन्धी सिद्धान्तहरूले स्रोत उपयोगका लागि जिम्मेवार बन्न र मार्गदर्शन सिद्धान्तका रूपमा कसरी काम गर्न सक्छ भनेर देखाइएको छ ।
