उच्च तहमा साहित्यशास्त्र शिक्षणका विधिको उपयोग
उच्च तहमा साहित्यशास्त्र शिक्षणका विधिको उपयोग
N. Pantha
2025 · DOI: 10.3126/bmcrj.v4i1.80144
0 Citations
Abstract
सृजनात्मक कृति कला हो । कृतिको शिल्प, तŒव र प्रयोजनको विवेचना गर्ने ग्रन्थ कलाशास्त्र हो ।
त्यसैले काव्य वा साहित्य कला हो र त्यसको सम्बन्धमा सूक्ष्म विचार गर्ने समीक्षणात्मक कृतिलाईसाहित्यशास्त्र भनिन्छ । प्रस्तुत लेखको उद्देश्य उच्च तहमा साहित्यशास्त्र शिक्षणप्रति शिक्षककाअनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमारुपन्देही जिल्लाका पाँचओटा क्याम्पसमा नेपाली अध्यापन गर्ने दशजना शिक्षकहरूलाई सहभागीकारूपमा लिइएको छ । यसका निम्ति निर्दिष्ट शिक्षकसँग अन्तरवार्ताद्वारा तथ्य सङकलन गरिएको छ ।यस कार्यका लागि द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङकलनगरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार साहित्यशास्त्र शिक्षणलाईभाषाशिक्षण तथा साहित्यशास्त्र सम्बद्घ विषयवस्तुको सिकाइसँग जोडनु आवश्यक छ । विद्यार्थीकाशैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी विषयवस्तु छनोट र स्तरण गर्नुपर्दछ ।यस अध्ययनमा कक्षाको परिस्थिति, साहित्यशास्त्र सम्बद्घ विषयवस्तुको गहनता तथा विद्यार्थीकास्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने शिक्षकका अनुभव रहेको निचोडनिकालिएको छ । त्यसैले यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुनेअपेक्षा गरिएको छ ।