UPDF AI

शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गर्ने त्रुटिको विश्लेषण

Dawa Sherpa

2025 · DOI: 10.3126/tuj.v40i1.80129
Tribhuvan University journal · 0 件の引用

要旨

शेर्पा र नेपाली भाषा भिन्नभिन्न भाषिक परिवार र भिन्नभिन्न भाषिक संरचना तथा वर्ण व्यवस्थाभएका भाषाहरू हुन् । उक्त भिन्नताका कारण नेपाली भाषा सिकाइमा शेर्पा भाषी विद्यार्थीलेविविध किसिमका त्रुटिहरू गरेको पाइन्छ । शेर्पा भाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिकोविश्लेषण गर्ने उद्देश्यमा प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा तयारगरिएको छ । क्षेत्र कार्य अन्तर्गत रही दैनिकी लेखन, निर्देशित लेखन तथा शेर्पा भाषाका दस वटावाक्यहरू तयार पारेर विद्यालय तहका विद्यार्थीहरूमा प्रयोग गरी तथ्य सङ्कलन गरिएको छ ।शेर्पा भाषामा नेपाली भाषाका /घ्/, झ्/, /ढ्/, /ध्/ र /भ्/ वर्णहरू पाइँदैनन् । तसर्थः यीनेपाली भाषाका वर्णहरूका उच्चारण र लेखाइमा शेर्पा भाषी विद्यार्थीले त्रुटि गर्ने गरेको देखिन्छ ।शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषाका ‘घ’ वर्णका सट्टा ‘ग’ वर्ण, ढ वर्णका सट्टा ड वर्ण,‘ध’ वर्णका सट्टा ‘द’ वर्ण र ‘भ’ वर्णका सट्टा ‘ब’ वर्णको प्रयोग गरी नेपाली भाषामा त्रुटि गर्नेपाइएको छ । शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषाको वाक्य सङ्गतिमा समेत त्रुटि गरेको छ ।शेर्पा भाषी विद्यार्थीले मातृभाषाको प्रभाव र बानीले गर्दा लक्ष्य भाषाको रूपमा नेपाली सिक्दानेपाली भाषाका लिङ्ग, वचन, पुरुष र आदरका वाक्य सङुगतिमा त्रुटि गरेको पाइएको छ ।